फिफा विश्वकप र एसिया कपको छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै


२०७८ जेठ २० बिहीबार ०८:३० बजे

काठमाडौं, २० जेठ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (बिहीबार) चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उनको भनाइ छ । तर कुवेतमा गर्मी धेरै भएकाले खेल खेल्न भने कठिन हुने उनले बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७