म्याग्दी नदीले बगाउँदा बालक बेपत्ता


२०८१ असोज ५ शनिबार ११:२७ बजे
सांकेतिक तस्वीर

म्याग्दी । मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा म्याग्दी नदीले बगाउँदा ८ वर्षीय बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ सवा ५ बजे मालिका गाउँपालिका–६ छ्यारछ्यारे र सोही गापा–१ निस्कोट जोड्ने झोलुङ्गे पुल छेउबाट पौडी खेल्न गएका बालकलाई नदीले बगाएको हो ।

म्याग्दी नदीले बालक बगाएको भन्ने खबरका आधारमा खोजतलास गर्दा भेटिएको चप्पल र कपडाको आधारमा मालिगा–१ निस्कोट घर भई दरबाहङ्ग बस्ने सागर पटेलका आठ वर्षीय सलमान पटेललाई नदीले बगाएको परिवारले पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शुक्रबार साँझ ८ वर्षीय बालकलाई म्याग्दी नदीले बगाएकोमा भारी वर्षाको कारण शुक्रबार खोजी गर्न सम्भव नभएको र शनिबार बिहानैदेखि इलाका प्रहरी दरबाहङ र म्यादी नदी छेउमा रहेका मंगला गापा–२ बाबियाचौर, बेनी–४ सिङगा तातोपानीस्थित प्रहरी चौकीबाट प्रहरी परिचालन गरी खोजी सुरु गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७