चीनमा व्यायाम गर्नेको भीडमा कार जोतिँदा ३५ जनाको मृत्यु


२०८१ कार्तिक २७ मंगलबार ०९:५३ बजे

काठमाडौं । चीनको झुहाईस्थित एक रङ्गशाला बाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसीका अनुसार कार ६२ वर्षीय पुरुष चालक फानले चलाएका थिए । दुर्घटनालगत्तै भाग्न खोजेका चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनालाई ‘गम्भीर र घातक आक्रमण’ भनेको छ ।प्रारम्भिक अनुसन्धानमा फानले सम्बन्ध विच्छेदपछि सम्पत्ति प्रदान गर्नुपरेको असन्तुष्टिका कारण आक्रमण गराएको देखिएको प्रहरीले जनाएको छ । तर, फान अचेत अवस्थामा रहेका कारण उनसँग सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शीहरूले पोस्ट गरेका घटनाका धेरैजसो भिडियोहरू मंगलबार बिहान इन्टरनेट सेन्सरहरूले चिनियाँ सामाजिक सञ्जालबाट हटाइएका थिए । तर अनलाइनमा प्रसारित केही फुटेजमा धेरै मानिसहरूलाई भुइँमा सुताइएको र स्वास्थ्यकर्मी तथा वरपरका मानिसहरूले हेरिरहेको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै घाइतेको उपचारका लागि हरसम्भव प्रयास गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । त्यसका साथै उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन्। राष्ट्रपतिको निर्देशनपछि केन्द्रीय सरकारले घटनाबारे अनुसन्धान गर्न कार्यदल पठाएको जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७