श्रीलंकामा पहिलो पटक बामपन्थी गठबन्धनलाई दुई तिहाई मत


२०८१ कार्तिक ३० शुक्रबार १५:४० बजे

काठमाडौं । श्रीलंकामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ ।  मार्क्सवादी विचारधारमा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सीटमा विजयी भएको हो ।

निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार दिसानायकेको एनपीपी विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरै अगाडि छ ।  २२५ सदस्यीय संसदमा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ । 

तमिल जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्ने इलान्काई तमिल अरासु काच्चीले ६ सिट, न्यू डेमोक्रेटिक फ्रन्ट र श्रीलंका पोदुजाना पेरामुनाले क्रमश तीन र दुई सिटमा जित निकालेका छन् । निर्वाचन आयोगका अनुसार, बिहीबार भएको चुनावमा लगभग ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति चुनाव भने लगभग ८० प्रतिशत मतदान भएको थियो ।  

लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको  श्रीलंकाले पूराना दलहरुलाई पाखा लगाउँदै वैकल्पिक शक्तिका रुपमा दिसानायकेलाई राष्ट्रपतिमा जिताएका थिए । दिसानायकेको गठबन्धनसँग निवर्तमान संसदमा जम्मा तीनवटा सिट मात्रै थिए । त्यही भएर राष्ट्रपति दिसानायकेले नयाँ जनादेशको खोजीमा तत्काल संसदीय चुनावको घोषणा गरेका थिए ।  

श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो । राष्ट्रपति दिसानायकेका लागि यो निर्वाचनमा बहुमत ल्याउनु निकै महत्वपूर्ण थियो । राष्ट्रपति दिसानायकेले संसदबाट अनुमोदन गरेपछि मात्र आफ्ना महत्वपूर्ण नीतिहरू कार्यान्वयन गर्न सक्ने छन् । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७