बैंकहरुले घटाए ब्याजदर, अब कुनको कति ?


२०८१ कार्तिक ३० शुक्रबार १५:५२ बजे

काठमाडौं । अधिकांश बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले कात्तिक महिनाको तुलनामा मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । 

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ५.९६ प्रतिशतमा झरेको छ । जुन कात्तिक महिनाका लागि ६.१८ प्रतिशत रहेको छ । मंसिर महिनामा निक्षेपको ब्याजदर ०.२२ प्रतिशतले घटेको छ । त्यस्तै, असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । भदौमा मुद्दती निक्षेपको ब्याजदर औसत ६.५२ प्रतिशत रहेको थियो । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार राष्ट्रिय वाणिज्य बैंकले मात्रै मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

त्यस्तै, मंसिरका लागि ११ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने, ८ वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मंसिर महिनामा मुद्दती निक्षेपका लागि सबैभन्दा बढी एनआईसी एसिया बैंकले ब्याजदर दिने भएको छ । मंसिरमा यस बैंकले ६.७९ प्रतिशतको ब्याजदर तोकेको छ । त्यस्तै सबैभन्दा कम नेपाल इन्भेस्टमेन्ट बैंकले ५.५ प्रतिशतको ब्याजदर निर्धारण गरेको छ ।
हेर्नुस् कुन बैंकको ब्याजदर कति ?
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७