प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा


२०८१ कार्तिक ३० शुक्रबार १६:२६ बजे

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । आयोगले उनलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७