प्रहरी र सशस्त्रको नयाँ ऐनमा गृहमन्त्री लेखकको हस्ताक्षर

हाकिमको जागिर लम्बिने, तल्लो दर्जाको १६ वर्षमै पेन्सन


२०८१ मङ्सिर ७ शुक्रबार १६:१५ बजे

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्न गृहमन्त्री रमेश लेखकले हस्ताक्षर गरेका छन् ।

गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारीका अनुसार प्रहरी र सशस्त्रमा प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ६० वर्षे तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकले हस्ताक्षर थालेका छन् ।  दुवै संगठनमा सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने गरी प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानून ६९ वर्षपछि नयाँ निर्माण हुन लागेको उनले जानकारी दिए । गृहमन्त्री लेखकको हस्ताक्षरपछि विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश हुनेछ भने मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसदमा दर्ता हुनेछ ।

अहिले प्रहरी र सशस्त्रमा उमेरहद अधिकतम ५८ वर्ष छ । नयाँ मस्यौदामा पेन्सनको हकमा सशस्त्रको वरिष्ठ हवल्दारदेखि तलको १६ वर्षमा पेन्सन हुने, सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायव निरीक्षकसम्मको १८ वर्षमा र त्यसमाथिकाको २० वर्षमा पेन्सन अवधि हुने व्यवस्था गरिएको छ ।

उमेर हदमा महानिरीक्षकको ६० वर्ष, एआईजी र डीआईजीको ५८ वर्ष, डीएसपी र प्रहरी निरीक्षकको ५७ वर्ष, वरिष्ठ सईदेखि सहायक निरीक्षकसम्मको ५४ वर्ष, वरिष्ठ हवल्दारदेखि जवानसम्मको ५१ वर्ष र कार्यालय सहयोगीको ५५ वर्ष उमेर हद कायम गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७