क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनले दियो विद्युतीय सवारीसाधन (तस्वीरहरु)
काठमाडौं । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत छन सोङले विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई विद्युतीय सवारीसाधन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको रानदूत सोङले बताए । उनले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भूमिका रहेको बताए । उनले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिए । नेपाल छिमेकी मुलुकसँग सुमधुर र राम्रो सम्बन्ध कायम राख्न चाहने मन्त्री सिंहले बताए ।