वायनाड उपनिर्वाचन : प्रियंका गान्धी विजयी


२०८१ मङ्सिर ८ शनिबार २१:४८ बजे

काठमाडौं । केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेस उम्मेदवार प्रियंका गान्धी वाड्रा ४ लाख बढी मतान्तरले विजयी भएकी छिन् । शनिबार सम्पन्न मतगणनामा गान्धीले ६ लाख २२ हजार ३३८ मत गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले २ लाख ११ हजार ४०७ मत मात्रै ल्याउन सके ।

सत्तारुढ भारतीय जनता पार्टीका नव्य हरिदासले भने १ लाख ९ हजार ९३९ मत मात्रै ल्याउन सकिन् । लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए ।

गान्धीले वायनाडबाट ३ लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । यस वर्षको लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट चुनाव लडे र दुवै सिट जितेका थिए । तर, पछि उनले लोकसभामा रायबरेली सिटबाट प्रतिनिधित्व गर्ने निर्णय गरे । राहुलको यो निर्णयसँगै वायनाड सिट खाली भयो, जसको लागि १३ नोभेम्बरमा उपनिर्वाचन भएको थियो ।

प्रियंकाले पहिलो पटक संसदीय चुनाव लडेकी हुन् । वायनाड सिटलाई कांग्रेसको गढ मानिन्छ । यसैबीच, प्रियंकाले सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गरेकी छन् । वायनाडमा ठूलो जिततर्फ अघि बढिरहेकी प्रियंकाले सामाजिक सञ्जालमार्फत वायनाडका जनता, पार्टी कार्यकर्ता र परिवारलाई धन्यवाद दिएकी छन् ।

उनले एक्समा लेख्दै भनेकी छन्, ‘वायनाडका मेरा प्यारा बहिनीहरू र दाजुभाइहरू । तपाईंले ममाथि देखाउनुभएको विश्वासको लागि म तपाईंहरू सबैप्रति धेरै आभारी छु । म यो सुनिश्चित गर्नेछु कि तपाईंलाई यो विजय तपाईंको जित हो र तपाईंले प्रतिनिधित्व गर्न रोज्नु भएको व्यक्तिले तपाईंको आशा र सपना बुझ्दछ र तपाईंको लागि लड्छ । म संसदमा तपाईंको आवाज बन्न तत्पर छु ।

प्रियंका थपले लेखेकी छिन्, ‘मलाई यो सम्मान दिनु भएकोमा र तपाईंले मलाई अपार माया दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद ।’ उनले पार्टी कार्यकर्ताहरूलाई पनि धन्यवाद दिँदै भनिन्, ‘युडीएफमा मेरा सहकर्मीहरू, केरलाका नेताहरू, कार्यकर्ताहरू, स्वयंसेवकहरू र मेरो कार्यालयका सहकर्मीहरू, जसले यस अभियानमा अविश्वसनीय रूपमा मेहनत गरे ।  दैनिक १२ घण्टा लगातार काम गरे (खाना बिना, आराम बिना) र मलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।’

प्रियंका गान्धीले पनि आफ्नो परिवारप्रति आभार व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मेरी आमा, रोबर्ट र मेरा दुई छोराछोरी रेहान र मिराया । तपाईंले मलाई दिनुभएको माया र साहसका लागि म तपाईंहरू सबैप्रति आभारी छु ।’ उनले लेखेकी छन्, ‘मेरो भाइ राहुल, तिमी धेरै साहसी छौँ । मलाई बाटो देखाउनु भएकोमा र सधै साथ दिनुभएकोमा धन्यवाद !’

हालै सम्पन्न लोकसभा चुनावमा कांग्रेसका राहुल गान्धीले ६ लाख ४७ हजार ४४५ मत प्राप्त गर्दै विजयी भएका थिए । सन् २०१९ मा कंग्रेस नेता राहुल वायनाडबाटै संसद पुगेका थिए । २०२४ मा राहुलले वायनाड र रायबरेली दुवै जितेका थिए । यसपछि उनले वायनाडबाट राजीनामा दिएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७