त्रिभुवन विश्व विद्यालयको ५० औं दीक्षान्त समारोह {तस्वीरहरु}


२०८१ पौष १३ शनिबार ०६:१४ बजे
तस्वीरहरु : आशिष पौडेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन् । आज (शनिबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले दीक्षान्त समारोह आयोजना गरेको हो ।

यस पटक दीक्षित हुन योग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) संख्या ७४ हजार ४५ भए पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका छन् । गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।समारोहमा उनीहरूका अभिभावक पनि सहभागी भएका थिए ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष गत वर्षभन्दा २ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १ सय २२ जना विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार पनि वितरण गरियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७