काठमाडौं सेतोपुलमा किशोरीमाथि सामुहिक बलात्कार


२०८१ पौष १४ आइतबार ०७:४७ बजे

काठमाडौँ । काठमाडौंको सेतोपुलमा एक किशोरी सामुहिक बलात्कारको शिकार बनेकी छन् । एक १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् । पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७