अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु  ः नेता कोइराला


२०८१ माघ २८ सोमबार ०१:४२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनु पर्ने बताए ।

दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले भने, ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुन तः नेपाली कांग्रेस र एमालेको सरकार बन्नु पर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई–चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’

उनले गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने भन्दै भने, ‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसद्लाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नु पर्ने जरुरत नै छैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७