सामाजिक सञ्जाल विधेयक संसदबाट पास हुन्छ : मन्त्री गुरुङ


२०८१ माघ २८ सोमबार ०१:४३ बजे
फाइल फोटो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभई नियमन गर्न ल्याइएको बताएका छन् । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न समेत गर्दै नियमन गर्ने कुरा लेखिएको उल्लेख गरे । उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्ने कुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्बाट पास हुन्छ ।’ विधेयक संसद्बाट पारित हुने भएकाले निर्णय संसद्ले नै गर्ने उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७