केयूको उपकुलपति छनोट : १० जनाको नाम ‘सर्ट लिस्ट’ मा (सूचीसहित)


२०८१ माघ २८ सोमबार ०१:५२ बजे

काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयू) को उपकुलपति छनोट समितिले अन्तिम प्रतिष्पर्धाका लागि १० जनाको नाम छनौट गरी सार्वजनिक गरेको छ । सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन् ।

केयूको उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रम अनुसार १० जनाको सर्ट लिस्ट आज (सोमबार) सार्वजनिक गरिएको हो । उनीहरुको आउँदो फागुन २ र ३ गते अन्तर्वार्ता हुने समितिले जनाएको छ । सर्ट लिस्टमा परेका १० जनाबाट तीन जनाको नाम छनोट समितिले कुलपति समक्ष सिफारिस गर्ने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७