कुर्स्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी


२०८१ चैत २ शनिबार १६:१५ बजे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । शुक्रबार रूसी सुरक्षा परिषदका सदस्यहरूसँगको भर्चुअल बैठकमा पुटिनले यस्तो चेतावनी दिएका हुन्।उनले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको तर अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरुको जीवन रक्षाको अपिल उनीहरूले आत्मसमर्पण गरेको अवस्थामा स्वीकार हुने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै आफूले पुटिनलाई कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनाहरुलाई जीवनदान दिन भनेको बताएका थिए । पुटिन आफै केहि दिनअघि कुस्र्क क्षेत्रमा पुगेका थिए । त्यहाँ पुगेर उनले आफ्ना सैनिकहरूलाई त्यस क्षेत्रलाई तत्काल खाली गर्न निर्देशन दिएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७