सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


०७:५१ बजे

काठमाडौं ।  स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य  १ लाख ७६ हजार ४०० रुपैयाँ भएको जनाएको छ ।

अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी  तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७