नेपाली शान्ति सैनिकको अदलीबदली


२०८२ असार ३ मंगलबार ०७:०६ बजे

काठमाडौं ।  संयुक्त राष्ट्रसंघको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन्। 

यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए। हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको राससलाई जानकारी दिइएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७