दशैँघर र कोत घरमा बलि दिएर महानवमी मनाइयो
काठमाडौँ: यस वर्षको दसैँमा पनि बसन्तपुरस्थित दसैँ घरमा महाअष्टमीको राति विशेष पूजा र बली कार्य सम्पन्न भएको छ । दसैँघरमा मकालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ।
महानवमीका दिन दुर्गा पूजा लगायत विधिवत कार्य गरी नेपाली सेनाले बली दिएको हो।
महानवमीको दिन देवी दुर्गाको पूजा र बली दिने परम्परा अन्तर्गत, विभिन्न शक्ति पीठ र मन्दिरहरूमा कुखुरा, हाँस, बोका र राँगाका साथै शाकाहारी बली पनि दिइन्छ। यस अवसरमा देवी दुर्गा, चण्डी, श्रीमद्देवीभागवत र देवीसास्त्रोक्त पाठ पनि गरिएको थियो ।
पशुबलि नगर्ने र शाकाहारी परम्परा अपनाउनेहरूले भने, महानवमीका दिन कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बली दिएर पायस पनि चढाउने गर्दछन्।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन रहेको छ।
.gif)

.png)



