सीमा विवादको ‘ढोल नबजाई’ नयाँ दिल्लीबाट फर्किन्दै परराष्ट्रमन्त्री शिशिर खनाल
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति, परराष्ट्रमन्त्री शिशिर खनालको पछिल्लो अन्तर्वार्ता र भारतीय उच्च अधिकारीहरूको भनाई हेर्दा परराष्ट्रमन्त्री खनाल सीमा विवादको विषयमा ‘ढोल नबजाई’ फर्किने निश्चितप्रायः भएको छ ।
काठमाडौं : पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भनेका थिए, ‘कुनै पनि विषय कूटनीतिक माध्यमबाट, कूटनीतिक च्यानलहरूलाई एक्टिभ गरेर गराइनुपर्ने कुराहरू हुन्छन् । तीनको आवाज एकदम हल्ला गरेजस्तो ढोल बजाएर हुँदैनन् । तर, ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा गर्नुपर्ने, समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’
भारत भ्रमणमा रहँदा सभापति लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत गएका सभापति लामिछानेले आफ्नो भ्रमणमा सीमा विवादको बारेमा ‘ढोल नबजाएको’ अर्थात् संवाद नगरेको प्रष्ट सन्देश दिएका थिए ।
सभापति लामिछाने फर्किने दिन शुक्रबार नै भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल पनि आफ्नो सभापतिले भने जस्तै सीमा विवादको ‘ढोल नबजाई’ दिल्लीबाट फर्किने भएका छन् । परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएपछि भारतीय विदेश मन्त्रालयले ८ बूँदे विज्ञप्ति जारी गरेको छ । यो विज्ञप्तिमा सीमा सम्बन्धी कुनै संवाद भएको खुलाइएको छैन ।
भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल समेत सकेपछि परराष्ट्रमन्त्री खनालले आज दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गरेका थिए । एक पत्रकारले सोधका थिए, ‘कैलाश मानसरोबार यात्राकोबारेमा बारेमा के कुराकानी भयो ?’
उत्तरमा खनालले भनेका थिए, ‘नेपाल भएर यात्रा गर्ने धेरैलाई हामी नेपाली पर्यटकका रूपमा नेपालका विभिन्न सीमा नाकाहरूबाट स्वागत गर्छौँ, हामीले त्यसलाई सहज बनाएका छौँ। हाम्रा चासोहरू भारत र चीनबीच लिपुलेक र कालापानी क्षेत्रलाई लिएर भएको नयाँ सम्झौताप्रति हुन्, जहाँ हामीले धेरै लामो समयदेखि ती भूमिहरू हाम्रा हुन् भनेर आफ्नो दाबी प्रस्तुत गर्दै आएका छौँ । र हाम्रो सहमति बिना दुई देशले आफैँ सम्झौता गर्न सक्दैनन् । यो कुरा हामीले दुवै देशलाई कूटनीतिक नोटहरू सहितका निकै प्रष्ट रूपमा जानकारी गराएका छौँ।’ परराष्ट्रमन्त्री खनालले भेटमा यो बिषयमा संवाद भएको बारेमा खुलाएनन् । भेटमा सहभागीहरुका अनुसार यो बिषयमा कुनै छलफल भएन ।
.gif)

.png)

