कोरोना संक्रमित चितवनका वृद्ध दम्पतीका छोरामा पनि देखियो कोरोना


२०७७ जेठ १० शनिबार ०९:२२ बजे

चितवन, १० जेठ । कोरोना संक्रमित चितवनका वृद्ध दम्पतीका छोरामा पनि कोरोना संक्रमण देखिएको छ ।

बिहीबार चितवन भरतपुर महानगरपालिका–६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका ५२ वर्षका छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन् ।

उनै छोराले बुवालाई क्यान्सरको उपचार गराउन भारत लगेका थिए । उनमा बिहीबार गरिएको परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । शंका लागेर पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पाइएको छ । उनको अवस्था सामान्य छ ।

उनी भरतपुर कोरोना अस्पतालमा छन् । भरतपुरमा शुक्रबार गरिएको १०८ स्वाब परीक्षणमा १०७ जनाको नेगेटिभ आएको छ । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७