रास्वपाले बोलायो संसदीय दलको बैठक


२०८१ श्रावण २८ सोमबार १५:०५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार (भोलि) बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी  विधेयकबारे पनि छलफल हुने झाले बताए । प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ । कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७