एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा ओलीको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री


२०८१ भदौ १९ बुधबार १८:०५ बजे

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) की नेतृ राजकुमार झाँक्रीले नेकपा (एमाले)का संगठित सदस्यले मात्रै ‘फलो’ एमाले अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स दोब्बर हुने बताएकी छिन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको फेसबुक पेजमा चलिरहेको ‘अनफलो’ अभियानबारे नेतृ झाँक्रीले लेखेकी छिन्,  ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ, ‘सन्दर्भः अनफलोअर्स अभियान।’

मंगलबार साँझदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकहरूले ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । 

यो अभियान बारेमा नेतृ झाँक्रीले एक्समा अर्को टिप्पणी पनि गरेकी छिन् । लेखेकी छिन्, ‘नेकपा (एकीकृत समाजवादी)का ताजा १ लाख ३२ हजार संगठित सदस्य छन्, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन ।’
मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स भएकोमा अहिले त्यो संख्या घटेर ५ लाख ८९ हजारमा झरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७