अध्यागमनमा घिमिरे, ६ जिल्लामा नयाँ सिडिओ
९ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे?
काठमाडौं : गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रालयले मंसिर ११ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो। निर्णयअनुसार अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएका छन्। उनको स्थानमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल गृह मन्त्रालयमा सरुवा भएका छन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। मन्त्रालयले गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य पाँच सहसचिवलाई पनि विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेको छ।
निर्णयअनुसार गीता कुमारी होमागाईंलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेम्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
.gif)

.png)




