काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली


२०८१ असोज ५ शनिबार २३:३८ बजे

कठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने बताएका हुन् । उनले सेवा गरे मात्र जनताले पत्याउने बताए । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए ।

उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए । ‘हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नु पर्दछ’, उनले भने, ‘आफूलाई बदल्न सके मात्र देश र जनतालाई बदल्न सकिन्छ ।’ रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७