रुपन्देहीमा रविको दोस्रो दिनको सुरु, ५० बढी प्रश्न सोधिने


२०८१ कार्तिक २८ बुधबार १२:४३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सुरु भएको छ। उनको रुपन्देहीमा मंगलबारदेखि बयान लिने काम भइरहेको छ । पहिलो दिन ३० वटा प्रश्न सोधिएकोमा आज उनलाई सोध्न ५० बढी प्रश्न तयार रहेको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु भएको रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको छ ।

मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७