नेपालबाट पहिलो पटक बंगलादेशमा विजुली निर्यात सुरु


२०८१ कार्तिक ३० शुक्रबार १५:१९ बजे

काठमाडौं । नेपालबाट पहिलो पटक तेस्रो देश बिजुली निर्यात सुरु भएको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो । 

 भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरे । नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो ।

नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ । प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो। यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७