दुर्गा प्रसाईको घरबाट समातिएका नौं जनाविरुद्ध मुद्दा चलाउने तयारी


२०८१ मङ्सिर ५ बुधबार १२:२१ बजे

काठमाडौं । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका नौं जनाविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध नौं जनामाथि मुद्दा चलाउने निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

फेक डकुमेन्टको सहारालिँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा मंगलबार प्रहरीले प्रसाईं र उनका सहयोगी नौं जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा देवी सङ्ग्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी छन् ।

प्रसाईंलाई पक्राउ गर्न खोज्दा प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप पक्राउ परेकाहरूमाथि लगाइएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको एसपी बोगटीले जानकारी दिए । आरोपीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७