विद्यालयबाट फर्किदै गरेकी बालिकाको बाटोमा खसेको तारबाट करेण्ट लाग्दा मृत्यु


२०८१ मङ्सिर ५ बुधबार १२:१५ बजे

ताप्लेजुङ । विद्यालयबाट फर्किदै गरेकी एक बालिकाको करेण्ट लागेर मृत्यु भएको छ । विद्यालयबाट फर्किदै गर्दा भुईंमा खसेको विजुलीको तारबाट करेण्ट लाग्दा उनको ज्यान गएको हो । 

घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ को हो । स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार विद्यालयबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेण्ट लागेको थियो । बालिकाको शव पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले जानकारी दिएका छन् । यो गाउँमा दुई वर्षअघि पनि यसरी नै करेण्ट लाग्दा एक जनाको ज्यान गएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७