भक्तपुरमा बाबु–छोरा हत्या प्रकरण : जेठो छोराले गरे प्रहरीमा आत्मसमर्पण


२०८१ पौष ९ मंगलबार ०७:२२ बजे

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठाबाट जेठा छोरा मिलन आचार्य फरार भएका थिए ।

यस घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशंका छ । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो । डेराबाट सम्पर्कविहीन जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन् । उनी काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको स्रोतले जानकारी दिएको छ ।

अघिल्लो राति तीन जना बाबु–छोरा सँगै खानपिन गरेर सुतेका थिए । मिलनले नै पकाएको मासुभात तीनै जनाले खाएको र अर्को कोठामा बस्नेलाई एक कचौरा मासु चाख्न दिएको पाइएको प्रहरीले जनाएको छ । तर, भोलिपल्ट विहानदेखि मिलनको बेपत्ता भए । बुबा र भाइ भने मृत अवस्थामा भेटिए । बाबु छोरालाई ‘डमबेल’ (शारीरिक सुगठनमा प्रयोग हुने साधन) ले हानेर हत्या गरिएको अनुसन्धानमा देखिएको अनुसन्धानमा संलग्न कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यो डमबेल मिलनकै भएको उनको भनाइ छ ।

‘मिलन राति नै भाग्नु, बाहिरबाट चुक्कुल लगाएर हिँड्नु र हत्यामा उनैको डमबेल प्रयोग हुनुले पनि घटना उनैबाट भएको अनुमान गर्न सकिने उनले बताए ।  उनले भने, ‘निष्कर्षमा पुगिसकेका छैनौं, हेर्दा परिस्थितिजन्य देखिन्छ, हत्याको कारण यही नै हो भनेर अहिल्यै भन्न सकिँदैन ।’ लोकसेवा परीक्षाको तयारी गरिरहेका मिलनमा मदिरा र लागुऔषधको कुलत पनि पाइएको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७