दुई दलीय कार्यदलको बैठकमा के–के भए छलफल ?


२०८१ पौष ११ बिहीबार १६:३८ बजे

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कार्यदलले संघीय संसदको संसदीय समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संघीय संसदमा विचाराधीन विधेयकका सन्दर्भमा गठित दुई दलीय कार्यदलको पहिलो बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन रहेका विधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गराउनका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

अन्य दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्ने जिम्मेवारी कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई दिइएको कांग्रेस सांसद जीवन परियारले जानकारी दिए। बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई अघि बढाउने विषयमा आ–आफ्ना दलका संसदहरूसँग पुष १७ गतेभित्र छलफल गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई समयसिमाभित्रै पारित गरी संघीय संसदमा पेस गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै संयुक्त संसदको नियमावलीका विषयमा अन्य दलसँग परामर्श गर्ने निर्णय गरिएको परियारले जानकारी दिए । 

समितिमा लामो समयसम्म विधेयक रहने कुरा उचित नभएकाले समय सीमाभित्र अघि बढाउनका लागि नियवमालीमा रहेको व्यवस्थाका बारेमा अन्य दलसँग छलफल गरिने उनले बताए । कार्यदलको अर्को बैठक पुस १८ गते बस्ने छ । पुस ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको दुई दलीय संयन्त्रले संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७