काम गर्ने इच्छाशक्ति भए देशमा प्रशस्त सम्भावना : उपप्रधानमन्त्री सिंह


२०८१ पौष १२ शुक्रबार ०९:०६ बजे
फाइल फोटो

भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । आज (शुक्रबार) मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताए।

‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका सिपहरू, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफू जन्मेको ठाउँमा बसेर  के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ ।  काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’

मध्यपुर  महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु ल्याउन मद्दत गर्ने भन्दै उनले महोत्सव सफलताको शुभकामना दिए । महोत्सव पुस १४ गतेसम्म चल्नेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७