रविको लामिछानेको बयान शुरु


२०८१ पौष ११ बिहीबार ०५:०७ बजे

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान शुरु भएको छ । आज (बिहीबार) लिला पछाईसँगको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको बयान शुरु भएको हो ।

लामिछानेको न्यायाधीश नितिज राईले बयान लिइरहेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकामध्यबाट हालसम्म छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ । बिहीबार बयानका लागि रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

रविसँगै गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्ष समेत रहेकी पूर्व सांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७