४४ देशका लागि संसदीय मैत्री समूह गठन, को–को बने संयोजक ?


२०८१ पौष ११ बिहीबार ०५:३० बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजक समेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने उनले जानकारी दिए । सचिवालयका अनुसार केही दलले समूहमा रहने सांसदहरुको नाम नदिएकाले तीन वटाले भने पूर्णता पाउन बाँकी छ । 

उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताए ।

त्यस्तै नेपाल–संयुक्त राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल–जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का, नेपाल–चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् ।

सभामुख घिमिरेले नेपाल–जर्मनी ससदीय मैत्री समूहमा कृष्णगोपाल श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको संयोजकमा डा. चन्दा कार्की, नेपाल–भूटान संसदीय समूहमा सुशीला सिर्पाली ठकुरी, नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु तोकिएको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७