नयाँ पार्टी खोल्दै भीम रावल


२०८१ पौष ११ बिहीबार ०६:०० बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेबाट निष्काशित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । रावल निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी थालेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले जानकारी दियो ।

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो धारणा राखेर देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।

पूर्व पार्टी उपाध्यक्ष समेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्य समेतबाट हटाउने निर्णय गरेको थियो । २०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए । त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७