आठ महिनाअघि एकता प्रस्ताव पठायौं, माओवादीमा छलफल नै भएन : विप्लव


२०८१ पौष ११ बिहीबार ०६:०९ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने निर्णय गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । १३२ औं माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा आफूहरूले तीन बुँदे सहमति गर्न नभनेको बताए ।

‘तीन बुँदे सहमति भयो । हामी आयौँ । हातपाउ जोडेर तीनबुँदे गर्नुस् बर्बाद भयौं भन्दै आएको हामी ? खोज्दै को गएको ? सबै सहमति ठिक छ भन्दै आएको हो नि । अब तीन बुँदे लागु नगर्ने रे’, उनले भने । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले विधेयकको दफा ६४ फिर्ता लिएको जानकारी दिएका थिए ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र चन्दबीच २०७७ फागुनमा तीन बुँदे सहमति भई प्रतिबन्धित नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । त्यसबेला भएको सहमतिमा नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति भएको थियो । सोही सहमतिबाट सरकार पछि हट्न लागेकोमा विप्लवले आक्रोश पोखेका हुन् ।

कार्यक्रममा विप्लवले मुद्दा फिर्ता नगरेर के गर्न खोज्या भन्दै प्रश्न गरे । ‘मुद्दा फिर्ता नगरेर के गर्न खोज्या ? फेरि रोमियो अप्रेसन ?, फेरि किलोसेरा टु ? रोमियो र किलासेरा टु भएपछि के जन्मिन्छ थाहा छ कि छैन ? त्यसले के जन्मायो ? त्यसबाट कोही तर्सनेवाला छैन’, उनले भने, ‘नेकपालाई दबाबमा राख्ने कल्पना छ भने छाडिदिए हुन्छ । त्यो सम्भव छैन। हामीले न्यायको लडाइँ लडेको हो । कसैको अघि भीख माग्न हिँडेको होइन’, उनले भने।

विप्लवले पार्टी एकता नगर्ने भन्ने सत्य नभएको बताए । माओवादी केन्द्रलाई आठ महिनाअघि नै एकताको प्रस्ताव पठाए पनि व्यवस्थित छलफल नगरेको गुनासो गरे । ‘नेकपा माओवादीलाई आठ महिनाअघि प्रस्ताव गर्‍यौं । तर, माओवादीमा सुव्यवस्थित छलफल अहिले पनि छैन । त्यसपछि सबै छलफल सुन्यौँ, बेला भइसकेको छैन । त्यसैले समाजवादी सहकार्यका लागि हामी खुल्ला’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७