स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३८ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय


०४:१४ बजे

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

आज (बिहीबार) प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) सभापति रवि लामिछाने, जीबी राई, पूर्व डीआइजी छविलाल जोशी, कुमार रम्तेललगायत ३८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको हो । यसअघि ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्ने भनिए पनि ३८ जनालाई प्रतिवादी कायम गरी प्रतिवेदन बुझाएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले स्वर्णलक्ष्मी सहकारीको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन आएको पुष्टि गरेको छ । ‘प्रहरीबाट प्रतिवेदन आएको छ, अध्ययन गरेर अभियोगबारे निर्णय गर्छाैँ,’ उनले भने । 

ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने हुन्छ ।

सरकारी वकिल कार्यालयका अनुसार आइतबार मुद्दा दायर हुने सम्भवना छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गर्दै प्रतिवेदन बुझाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७