सूर्यदर्शन सहकारीको मुद्दा : जाहेरवालाको पनि सकियो बहस


०४:०१ बजे

 पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दाको तेस्रो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा तेस्रो दिनको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही बाँकी रहेको र भोलि पुनः हुने कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । त्यस लगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्नेछन् ।

यसअघि पहिलो र दोस्रो दिन सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, सुजता पौडेल, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जाहेरवाला तर्फका बहस गरेका कानुनी व्यवसायीले सार्वजनिक रुपमा महत्वपूर्ण पदमा रहेकाले बाहिर निस्कदा प्रमाण नष्ट गर्न सक्ने भएकाले थुनामा राख्नुपर्ने बताएका थिए । प्रमाण, मिसिल हेर्दा यो सामाजिक, आर्थिक, सांगठागिक र सम्पत्ति शुद्धीकरण अपराध रहेको उनीहरुको तर्फ थियो ।

पीडित जाहेरवालाका कानुन व्यवसायीले लामिछानेलगायतका अभियुक्त थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो । लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए । अन्य प्रतिवादीहरू भने फरार छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७