आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ । आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराई÷मधेसमा बिहान हल्का हुस्सु र कुहिरो भए पनि घाम लागेसँगै दिउँसो मौसम सफा नै रहने अनुमान छ । आज उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशका धेरै ठाउँमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आज तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
यस्तो छ आगामी तीन दिन मौसम पूर्वानुमान