माघी पर्वले सामाजिक सद्भाव र एकता बढाउँछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् ।
‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !!’