अदालतमा रवि लामिछाने पक्षको बहस सुरु


२०८१ माघ २ बुधबार १५:०८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार (आज) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ ।  उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन् ।

आइतबार बयानका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरेको थियो । सोमबार पनि थुनछेक बहस भएको थियो, तर मंगलबार माघे संक्रान्तिको विदा भएकाले बयान हुन सकेन । त्यसपछि आजदेखि पुनः निरन्तर सुनुवाइ हुन लागेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७