अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए कारबाही गर्छौं : रास्वपा


२०८१ माघ २ बुधबार २१:३३ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो सदस्य भए कारबाही गर्ने जनाएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा कार्यकर्ताले त्रिपाठीमाथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्धामा आज थुनछेक बहस भएको थियो ।

त्रिपाठीमाथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने । रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए । आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठीविरुद्ध हातपात भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७