रवि लामिछाने धरौटी बुझाएर रिहा

बुटवल र चितवनमा आफै हाजिर हुने


२०८१ माघ २ बुधबार २१:५१ बजे

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका  लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले धरौटी बापत बैंक ग्यारेन्टी पेस गरेको जानकारी दिए । बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा भएका हुन् । जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइने एक प्रहरी अधिकृतले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७