कुम्भस्नान गर्न हिंडेका तीर्थयात्री चढेको गाडी दुर्घटना, १० जनाको मृत्यु 


२०८१ फाल्गुण ३ शनिबार १०:३७ बजे

काठमाडौं । भारतमा महाकुम्भ मेला स्नान गर्न गएका दर्शनार्थी चढेको सवारीसाधन दुर्घटनामा पर्दा १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा भएको दुर्घटनामा १० जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।  

बोलेरो र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेका बताइएको छ ।  प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति सो दुर्घटना भएको थियो । ज्यान गुमाउने सबै बोलेरोमा सवार तीर्थयात्री छन् । उनीहरू सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेका र मेलामा स्नान गर्न जाँदै गरेका बताइएको छ ।

दुर्घटनामा बसमा सवार १० जना यात्रु घाइते भएका छन् । उनीहरू मेलामा स्नान गरेर वाराणसी फर्किरहेका थिए । घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा भएको बुझिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७