स्ववियु चुनाव : यी हुन् १६ क्याम्पसमा निर्विरोध अनेरास्ववियुका सभापति (सूचीसहित)


२०८१ फाल्गुण २८ बुधबार १६:४५ बजे

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेकामध्ये देशभरका १६ क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएका छन् । 

अहिलेसम्म प्राप्त विवरणअनुसार देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पनि देशभरका १९ क्याम्पसको सभापतिमा निर्विरोध निर्वाचित भइसकेको छ । 

त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ । यस पटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ ।

यी हुन् अनेरास्ववियुका सभापतिमा निर्विरोध १६ क्याम्पस 

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला ।
२. शिक्षा क्याम्पस बैतडी, अकबर चन्द ।
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी ।
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार ।
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द ।
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला ।
७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन ।
८.बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल । 
९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला । 
१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री । 
११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट ।
१२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल ।
१३) बैतडीको नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द ।
१४) संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी ।
१५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने । 
१६) चितवनको आद्र्श बहुमुखी कलेज, अनुज न्यौपाने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७