पार्टी महाधिवेशनको म्याद थपिन्छ : प्रवक्ता महत


२०८१ फाल्गुण ३ शनिबार १०:३६ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । आज (शनिबार) चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले समयमै अधिवेशन गर्नका लागि तयारी नपुगेको बताएका छन् ।

उनले भने, ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनु पर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनु पर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनु पर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनु पर्छ । अहिले पनि एक वर्ष त झण्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ । त्योभन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तीमा पनि दुई वर्ष त अहिले नै छ । अहिलेदेखि नै म भनेर दौड किन लगाउनु ?’

उनले पार्टी अधिवेशनका लागि ४ वर्षमै हुनुपर्ने भन्ने नरहेको, विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था भएको र कति समय थप्ने वा नथप्ने भन्ने केन्द्रीय समितिले निर्णय गर्ने पनि बताए । ‘तर थपिन्छ भन्ने कुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन’, उनले भने । महतले सरकारले ल्याएको विधेयकमा भूमिसम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरूले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिस्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७