पाँच अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश हुँदै


२०८१ फाल्गुण २८ बुधबार १६:३९ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण पहिलो संशोधन विधेयक २०८१’,‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’,‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि सांसदबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेश गरिने र मन्त्रीबाट विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट अध्यादेश जारी भएपश्चात गत फागुन २१ र २२ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट ५ वटै अध्यादेश पारित भएको थियो। संसद्बाट पारित भएपछि सरकारले ५ वटै अध्यादेशको प्रतिस्थापन विधेयक कार्यसूचीमा राखेको हो । संसदबाट स्वीकृत भएका अध्यादेश २६ दिनमा प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

भूमिसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक भने सरकारले ल्याइसकेको छैन । राष्ट्रिय सभाबाट स्वीकृत हुने सुनिश्चित नभएकाले सरकारले हालसम्म संसदमा स्वीकृतिका लागि पेश नगरेको हो । यस्तै गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूची रहेको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७