श्रीमानको हत्या अभियोगमा कान्छी श्रीमतिसहित पाँच जना पक्राउ


२०८१ चैत १ शुक्रबार १६:५८ बजे

 धनकुटा । श्रीमानको हत्या आरोपमा प्रहरीले श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला भेटिएका थिए ।

मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी कान्छी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । मृतकको शरीरका विभिन्न भागमा चोट देखिएको र घटनास्थलको प्रकृतिका आधारमा हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतककी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार खेमबहादुरले पत्नी जीतमायालाई दिनहुँजसो कुटपीट र घरेलु हिंसा गर्ने गरेकोले प्रतिसोधमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । गत बुधबार अपरान्ह समेत कुटपीट गरेपछि कान्छी श्रीमती सहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७