महेन्द्र मोरङका स्ववियु सभापतिसहित ६ जना पक्राउ


२०८१ चैत १ शुक्रबार १८:२२ बजे

मोरङ । प्रहरीले विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले तीन वटा कुर्सी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ । इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । ताला लगाएको ठाउँमा इतर समूहका विद्यार्थीले विज्ञप्ति टाँसेपछि बिदाको दिन पौडेलसहितका विद्यार्थीले तोडफोड गर्न खोजेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७