पूर्वराजाप्रति प्रचण्डको आक्रोश : मूर्ति चोर को हो ? वंश मास्ने को ?


२०८१ चैत १ शुक्रबार २१:३७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि फर्किने दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उनले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?’ उनले भने, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’ प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको बताएका छन् । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्‍याउने सुनाए ।

‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो’, प्रचण्डले भने ।

प्रचण्डले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए । ‘हामीलाई शान्तिसम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन । हामीलाई पटक–पटक प्रधानमन्त्री कुनै प्रतिक्रियावादी बुर्जवाहरूले बनाएको होइन’, उनले भने । जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७