सुशीलदेव सुवेदी बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त


२०८१ चैत १ शुक्रबार ००:२९ बजे

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा यस अघि प्राधिकरणको निर्देशक पदमा कार्यरत सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको हो । यस अघि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका राजुरमण पौडेल ५ वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७